आज २६ हजार २६१ सक्रिय संक्रमित, १२ को निधन

पछिल्लो २४ घन्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ११ हजार १२ नमुना परीक्षण गरिएको मध्ये २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा १२ जनाको संक्रमणबाट ज्यान गएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ४१२ पुगेको छ।

मन्त्रालयका अनुसार आज २६ हजार २६१ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै नेपालमा ६ लाख २३ हजार १०५ जनाले कोरोना जितेका छन्।

आज देशभर २९९ क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय