जापानले कोभ्याक्स अन्तर्गत खोप दिदैं, ‘कोभिसिल्ड’काे पहिलो मात्रा लगाएकालागि दिन मिल्ने
जापानले अष्ट्राजेनेका पिएसी कोभिड-१९ खोप नेपालसहित एसियाका विभिन्न देशहरुलाई अनुदानमा दिने घोषणा गरेको छ।
जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई १६ लाख खोप उपलब्ध गराउन लागिएको नेपालस्थित जापानी राजदूतावासले आज जनाएको छ ।
जापानका परराष्ट्रमन्त्री तोसिमित्सु मोतेगीकाअनुसार कोभ्याक्समार्फत जापानले नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका र प्यासिफिक आइसल्याण्डका अन्य देशहरुलाई १ करोड १० लाख खोप अनुदान गर्ने निर्णय गरेको छ।
खोप यही महिनाभित्र पठाउने योजना रहेको जापानी राजदूत किकुता युताकाले जानकारी दिए। नेपाल र जापानबीच लामो मैत्रीका रूपमा सहयोग घोषणा भएको बताए।
मोटेगीले इन्डोनेसिया, ताइवान र भियतनामलाई पनि १०/१० लाख डोज कोरोना खोप उपलब्ध गराइन लागेको बताएका छन्।उनका अनुसार बिहीबार उक्त डोज खोप सम्बन्धित मुलुकमा पठाइनेछ।
अष्ट्राजेनेका खोप यसअघि भारतले उपलब्ध गराएको कोभिसिल्ड खोप एउटै कम्पोजिसनबाट बनेकाले ‘कोभिसिल्ड’ पहिलो मात्रा लगाएका नागरिका लागि लगाउन सकिनेछ ।