अमेरिकी खोप साउन ४ गतेबाट लगाउन सुरू, यी हुन् ४४ खोप केन्द्र?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स)सुविधाअन्तर्गत आएको जोन्सन एण्ड जोन्सनको ‘जानसेन’ खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि ६ गतेसम्म लगाउने तयारी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार चीनबाट खरिद गरि ल्याइएको ‘भेरोसेल’ असार २९ गते देखि साउन २ गतेसम्म विभिन्न केन्द्रहरुबाट लगाइने छ भने सोही केन्द्रहरुमा साउन ४ देख ६ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप वितरण गरिने भएको हो।

मन्त्रालयको निर्णय अनुसार काठमाडौंका ४४ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं बाहिर पनि खोप केन्द्रका विषयमा छिट्टै सार्वजनिक गर्ने जनाएको छ। उपत्यकाबाहिर खोप पठाउने काम बाँकी रहेकाले अबको केही दिनमा केन्द्रका विषयमा सार्वजनिक गर्ने तयारी भएको मन्त्रालयका जानकारी दिएको छ।

अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो भने चीनबाट हाल ८ लाख खोप मात्र आइपुगेको छ। थप खोपहरु चीनबाट नेपाल आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।

एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने छ। ​खोप पूर्ण र अति अशक्त अपाङ्ग‍ता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।

भेरोसेल ५५ वर्ष वा सो भन्दा माथि उमेर समुहका नागरिकहरुलाई दिइनेछ। विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय