‘बुस्टर डोज’ लगाउनुको सट्टा खोप गरिब राष्ट्रलाई दिन डब्लुएचओको अपिल 

हेल्थपोस्ट नेपाल

कोरोनाविरुद्धको खोपको तेस्रो मात्राले भाइरससँग बच्न मद्दत गर्छ कि गर्दैन भन्ने एकीन नभएको भन्दै ती खोप गरिब मुलुकलाई दिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धनी देशसँग अपिल गरेको छ।

डब्लुएचओले धेरै गरिब मुलुकहरुले आफ्ना जनताहरुलाई खोप दिन नपाएको भन्दै बुस्टर डोज लगाउनुको सट्टा अरुलाई दिन आग्रह गरेको हो।

प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओका निर्देशक टेड्रोस गेब्रियससले खोप कम्पनीहरु झनै लोभी हुँदै गएको भन्दै धनी राष्ट्रलाई बुस्टर डोज लगाउन लबिङ नगरी गरिब देशलाई खोप प्रदान गर्न अनुरोध गरेका हुन्।

धेरैजसो फर्मास्युटिकल कम्पनीहरुले डब्लुएचओसँग बुस्टर डोजका लागि अनुमति माग्न थालेपछि उनले यस्तो आग्रह गरेका हुन्।

‘हाम्रो प्राथमिकता भनेको एक मात्रा पनि खोप नपाएका मानिसहरुलाई बचाउनु हो,’ गेब्रियससले भने।

उनले फाइजर र मोडेर्नालाई कोभ्याक्समार्फत अफ्रिका भ्याक्सिन एक्विजिसन टिम तथा अन्य न्यून तथा मध्ययम आयस्रोत भएका देशहरुमा सप्लाई गर्न भनेका छन्।

गेब्रियससले संक्रमणबाट मानिसहरुको मृत्यु हुन केही समय कम भए पनि डेल्टा भाइरसका कारण पुन: उकालो लाग्नसक्ने बताए।

फाइजर र मोडेर्नाले आफ्नो खोपको सानो संख्या कोभ्याक्सलाई प्रदान गर्ने भनेका छन्। तर, धेरै मात्रामा खोपहरु धनी राष्ट्रहरुले बुकिङ गरिसकेका छन्। झण्डै ६० गरिब राष्ट्रहरुले खोपको माग गरेका छन् तर, उनीहरुलाई खोपको एकमात्रा पनि दिन सकिएको छैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *