आजै ‘सानो आकार’ को मन्त्रिमण्डल बनाउँदै देउवा, को बन्छन् स्वास्थ्यमन्त्री ?

सर्वोच्च अदालतको आदेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयले थालेको छ। त्योसँगै देउवाले मन्त्रिमण्डल बनाउनका लागि आन्तरिक छलफल गरिरहेका छन्।

देउवानिकट स्रोतका अनुसार अहिले पनि उनले निवासमै छलफल गरिरहेका छन्। त्यसका लागि उनले पार्टीका पदाधिकारीहरूलाई पनि बोलाएका छन्। केही बेरमै उनले गठबन्धनसँग पनि छलफल गर्नेछन्।

उनले आजै सानो आकारको मन्त्रिमण्डल घोषणा गर्नेछन्। स्रोतका अनुसार उनीसँगै कांग्रेसका तर्फबाट बालकृष्ण खाँडलाई मन्त्रि बनाउने तयारी भइरहेको छ। त्यस्तै गठबन्धनका तर्फबाट जनमोर्चाकी दुर्गा पौडेललाई पनि आजै मन्त्रिमण्डलमा सामेल गरिनेछ।

माओवादी केन्द्रको पनि बैठक बस्दैछ। केहीबेरमै पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकले मन्त्रीहरूको बारेमा छलफल गर्नेछ।

सर्वोच्च अदालतले आज(मंगलबार) साँझसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र एकसाताभित्र प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश दिएको थियो।

राष्ट्रपति कार्यालयले आज साँझ ५ बजे देउवालाई सपथ ग्रहण गराउने तयारी गरेको छ। यद्यपि, राष्ट्रपति कार्यालयबाट आधिकारिक पत्र आइनसकेको देउवाको सचिवालयले जनाएको छ।

को—को मन्त्री बन्ने अझै प्रष्ट भइसकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भने काग्रेंसका केही शीर्षनेताले चासो देखाएका छन्।

आज नै स्वास्थ्य मन्त्री नियुक्त हुन्छन् या हुँदैनन् भन्ने विषय पनि अझै प्रष्ट भइसकेको छैन।

पछिल्लो तीन वर्षको अवधिमा स्वास्थ्य मन्त्रालयमा पाँच जना मन्त्री फेरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय