कोरोना खोपको लक्षित समूहमा पर्नुभएको छ? यस्ता कागजात अनिवार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको भेरोसेल खोप अभियान असार २९ गतेदेखि ७७ वटै जिल्लामा सञ्चालन गर्ने भएको छ ।

केही समयपछि जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप दिने निर्णय गरेको छ।

सरकारले भेरोसेल र जोनसनको खोपको लक्षित समूह छुट्याएको छ।

तर, खोप लिनका लागि केही कागजपत्र अनिवार्य गरिएको छ।

भेरोसेल पाउने लक्षित समूह

–५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू

– विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु

–नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु

जोनसनको खोप पाउने समूह

–५० वर्ष देखि ५४ वर्ष उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू

–पूर्ण र अति अशक्त अपाङ्गता ( वर्ग क र ख० भएका नागरिकहरू

( हाल नेपालमा बसोवास गरिरहेका शरणार्थिहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु, यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जना ।

खोप दिने र लिने आधार :

उमेर समुहको हकमा :

–उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात

–सार्वजनिक यातायातका चालक ,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र, र सवारी साधनसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारी बाट प्रमाणित सूचिको आधारमा,

–अत्यावश्यक सेवा प्रवाह प्रमुख जिल्ला अधिकारीले तोकेका सेवाहरुमा संलग्न व्यक्तिहरुको हकमा आधिकारिक परिचय पत्र आधारमा, विश्वविध्यालय र विध्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्रको आधारमा,

– खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा

–पूर्ण र अति अशक्त अपाक्तगता भएका नागरिकहरुको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रको आधारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय