एक मात्रा लगाए पुग्ने कोरोनाविरुद्धको अमेरिकी खोप यस्ता व्यक्तिले पाउँछन्?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स) सुविधाअन्तर्गत आएको जोन्सन एण्ड जोन्सनको जानसेन खोप ५० देखि ५४ बर्ष नागरिकलाई दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो।

यो खोप पूर्ण र अति अशक्त अपांगता भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थयकर्मी तथा सरसफाईकर्मीलाई दिइनेछ।

तर, जोन्सन एण्ड जोन्सनको जानसेन खोप कार्यक्रम अहिले सुरू हुँदैन।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलको अनुसार भेरोसेलको खोप लगाइसकेपछि मात्रै अमेरिकन खोपको लगाउने कार्यक्रम सुरू गरिने छ।

जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप एक मात्रा लगाए पुग्छ । नेपाल उपलब्ध भएको एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख बढी मानिसलाई पुग्ने छ।

जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ ।

यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *