आज २६ हजार ७१२ सक्रिय संक्रमित, १८ जनाको निधन

पछिल्लो २४ घन्टामा देशभर २३७० नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ७६८९ जनामा पिसिआर र ३८९५ जनामा एन्टिजेन परीक्षण गर्दा २३७० जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा संक्रमणकै कारण १८ जनाको मृत्यु भएको छ। योसंगै हालसम्म देशभर मृत्यु हुनेको संख्या ९४०० पुगेको छ।

सोमबार १ हजार १३३ संक्रमणमुक्त भएका छन्। आज २६ हजार ७ सय १२ सक्रिय संक्रमित छन्।

काठमाडौं जिल्लामा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० गरी उपत्यकामा ४३३ नयाँ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय