स्वास्थ्यकर्मीलाई दुईथरी कोरोना खोप लगाइने

हेल्थपोस्ट नेपाल

चीनबाट प्राप्त गरेको कोरोना विरुद्धको खोप ‘सिनोभ्याक’ दुई दोज लगाउँदा पनि चिकित्सकहरु संक्रमति हुन थालेपछि थाइल्याण्डले खोपको नीति नै परिवर्तन गरेको छ।

सयाैं चिकित्सकले पूर्ण रुपमा खोप लगाएपनि संक्रमित हुन थालेपछि नीति परिवर्तन गरिएको हो।

सिनोभ्याक खोप दुइ मात्रा दिनुको सट्टा, थाइल्याण्डले अब नागरिकहरुलाई पहिलो मात्रा सिनाेभ्याक लगाएका मानिसहरुलाई अष्ट्राजेनिकाको खोप दिने भएको छ।

त्यस्तै पुर्ण मात्रामा खोप लगाइसकेका चिकित्सकहरुलाई बुस्टर डोजका रुपमा तेस्रो मात्रा दिइने भएको छ। तर तेस्रो खोप अष्ट्राजेनिका वा मोर्डनाको मध्य कुन लगाइने टुङगो नलागेको थाइल्याण्डको राष्ट्रिय सरुवारोग किमिटिले जानकारी दिएको छ।

थाइल्याण्डमा हाल अष्ट्राजेनिकाको खोप मात्र रहेको छ भने अमेरिकाले अनुदानमा दिएको फाइजर र बायोटेकको खोप आउन बाँकी नै छ।

त्यहाँका स्वास्थ्य मन्त्रालयले ६ लाख ७७ हजार स्वास्थ्यकर्मीहरुमा सिनोभ्याक खोप पूर्णरुपमा लगाइएको थियो जसमध्ये ६१८ जनामा सक्रमण देखिएको जनाएको छ। एकजना नर्सको मृत्यु भइसकेको छ भने एकजना अझै गम्भीर छन्।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित लेखका अनुसार सिनाभ्याक, कोरोना संक्रमणमा ६५ प्रतिशत मात्र प्रभावकारीता रहेको छ भने ८७ प्रतिशत अस्पताल जान बचाउने र ८६ प्रतिशत मृत्युबाट जोगाउँछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *