दाँत तथा मुख स्वास्थ्य रोगसम्बन्धी छुट्टै अस्पताल स्थापनामा सुझाब

संघीयताको मर्मअनुसार स्वास्थ्य दाँत तथा मुखरोगसम्बन्धी उपचार सेवा विस्तारका लागि विशिष्ठीकृत अस्पताल स्थापनामा विज्ञहरुले जोड दिएका छन् ।

सेवा विस्तारका लागि रणनीति तर्जुमा गर्न स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले आँखा, नाक, कान, घाँटी तथा मुख उपचार सेवा विस्तारसम्बन्धी परामर्शका आधारमा विज्ञहरुले यस्ता सुझाब दिएका हुन् ।

विभिन्न चरणका छलफल र एक दिने कार्यशालासमेतका आधारमा जनसङ्ख्याको चाप भएका र सकेसम्म यस्ता सेवा उपलब्ध नभएका ठाउँमा सेवा विस्तार गर्न अस्पताल स्थापना गर्न सुझाब आएको शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले बताए।

विशिष्ठीकृत अस्पताल स्थापना गर्दा स्थानीय सरकार इच्छाशक्ति, उपलब्ध जनशक्ति तथा मेडिकल ब्याकअप भएको स्थान छनौट गर्न सिफारिस आएअनुसार प्रदेश ३ मा हेटौडा उपयुक्त हुने सुझाब आएको समेत डा. बुढाथोकीले बताए।
विज्ञहरुले संघीय दन्त अस्पतालमा कम्तीमा १ सय डेन्टल चियर र प्रादेशिक दन्त अस्पताल ५० डेण्टल चियर हुनुपर्नेमा जोड दिएका छन् ।

‘रोगको गम्भीरताअनुसार जनशक्ति बिशेषज्ञ सेवा, ओरल हाईजीन ईकाई, दन्त ल्याबलगायतका बिभाग, जनशक्ति, सर्पाेटिभ जनशक्तिसहित प्रमुखतया सर्वसाधारणका लागि बिशेषज्ञ सेवा दिन अस्पताल खोल्न सुझाब आएको छ’ उनले भने ।

महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार विशिष्ठीकृत अस्पतालले रोकथाम, उपचारात्मक, पुनस्थापना, प्रमासक सबै दन्त सेवा एकै छानाबाट हुनुपर्नेमा सुझाब आएको छ।

महाशाखाको वार्षिक कार्यक्रम र प्राविधिक कार्य समूहको सुझावअनुसार काठमाण्डौ उपत्यका, दाङ, पोखरा र चितवन पनि अस्पताल स्थापनाको संभाबयता अध्ययन गरिएको थियो ।

प्राविधिक कार्यसमुहको बिज्ञहरुमा पूर्व स्वास्थ्य सचिव प्रा.डा. प्रविण मिश्र, वरिष्ठ दन्तरोग विशेषज्ञ डा. शुसिल कोईराला र प्रा. डा. शुरजरामभक्त माथेमा थिए।

कार्यशालाका क्रममा प्रतिष्ठान, ठूला अस्पताल तथा निजी क्षेत्र डेन्टल कलेजका विज्ञ तथा अस्पतालसँग पनि परामर्श गरिएको डा. बुढाथोकीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय