तलब तथा भत्ता पुगेको छैन? तुरून्तै मन्त्रालयमा विवरण पठाउनुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तलब, भत्ता, महंगी भत्ता, पोषाक, चार्डपर्व खर्च नपुगेको भए तुरून्तै विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले सूचना जारी गर्दै स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई भता लगायत अन्य सेवा सुविधा अपुग भएको भए तुरुन्तै विवरण पठाउन निर्देशन दिएका छन्।
उनले सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै २८ असारको १ बजेभित्र मन्त्रालयमा विवरण पठाउन निर्देशन दिएका हुन्।
स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुका लागि वार्षिक रुपमा आवश्यक पर्ने पारिश्रमिक, महंगी, पोशाक, स्थानीय भत्ता र चाडबाड खर्च सम्बन्धित तहमा विनियोजन गरिएको जनाउँदैं अहिले स्थानीय तहले पारिश्रमिक र भत्ता रकम अपुग भएकाले जनाएका छन्।
विनियोजित रकमले नपुगेको खण्डमा मन्त्रालयले भाद्र महिनाको पहिलो हप्ताभित्र माग उपलब्ध गराउने छ।
यदि उक्त समयअवधिभित्र माग नगरिए त्यस्ता मागहरुमा काम नहुने मन्त्रालयले जनाएको छ।
Mero bhatta Ra talab xina malaye bhatta Ra talab chaiyo