चिकित्सकको लाइसेन्स परीक्षा साउनमा, फारम भोलिबाट खुल्दै

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि फारम खुला गरेको छ।

असार २९ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको हो।

श्रावण २८ र २९ गते ६० औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ।

‘असार २९ देखि साउन १८ गतेसम्म नियमित तथा साउन १९ र २० गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उलेल्ख छ।

अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था भने २४ घन्टा खुल्ला रहने काउन्सिलले जनाएको छ।

चार चार महिनको फरकमा हुने परीक्षा कोरोनाका कारण केहि समयदेखि नियमित हुन सकेको थिएन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय