अमेरिकी खोप नेपाल आइपुग्यो, क–कसले पाउँछन्?

अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ।

जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप कतार एयरबाट बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

अमेरिकी राजदूत र्यान्डी बेरीलेस्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।

जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप एक मात्रा लगाए पुग्छ । एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख बढी मानिसलाई पुग्ने छ।

जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ ।

यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।

एक डोज मात्रै लगाए हुने खोप क–कसलाई दिने तयारी छ?

स्वास्थ्य मन्त्रालयले उमेर समूह अन्तर्गत रहेर नै खोप दिने तयारी गरेको छ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीका अनुसार उमेर समूह तथा जोखिम समूहको आधारलाई मानेर खोप दिइने छ।

‘अहिले नै खोप क–कसलाई दिने भन्ने टुंगो लागेको छैन। तर, धेरै फन्टलाइनमा रहनु भएका पहिलो प्राथमिता हुनेछ,’ डा. अधिकारीले भने।

५० देखि ५५ वर्ष उमेर समूहका व्यक्ति, शिक्षक र वैदेशिक रोजगारीमा जाने, यातायत चालकलाई खोप दिने आन्तरिक छलफल भएको उनले बताए।

उनका अनुसार छुटेका ६० बर्षभन्दा माथिको नागरिक, स्वास्थ्यकर्मी, सेना तथा फन्टलाइनर पनि सो खोप दिइने छ।
चीनबाट खरिद गरिएको भेरोसेल खोपको ४० लाख डोज पनि नेपाल ल्याउने क्रम जारी छ । पहिलो चरणमा भेरोसेलको

आठ लाख डोज खोप शुक्रबार नेपाल आइसकेको छ ।

उक्त खोप पनि कसलाई दिने भन्ने बारेमा मन्त्रालयको आन्तरिक छफफलमा  छ।

‘अहिले नै हामी टुंगोमा पुगेका छैइनौं। तर, उमेर बाँकी रहेका उमेर समूहकै आधारमा खोप दिने योजना मन्त्रालयको छ,’ उनले भने।

अहिले नेपालमा कोभिशिल्ड र भेरोसिल खोपको प्रयोग भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय