मानसिक रोग विशेषज्ञ डा. अर्याल होटलमा मृत भेटिए

मानसिक अस्पताल पाटनमा कार्यरत कन्सल्ट्यान्ट साइक्यास्ट्रिक (मानसिक रोग विशेषज्ञ) डा. सुदिप अर्याल मृत अवस्थामा फेला परेका छन्।

आइतबार विहान घरबाट अस्पताल जान भनि हिडेका डा. अर्याल बुढानिकण्ठस्थित एक होटलमा मृत भेटिएका हुन्।

मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घरबाट निस्किएपछि डा. अर्यालले अस्पतालमा समेत आउन नसक्ने जानकारी गराएका थिए।

करिव २ बजेतिर प्रहरीले अस्पतालमा फोन गरेर घटनाबारे खवर दिएको थियो।

चिकित्साशास्त्र अध्ययान संस्थानबाट एमडी साइक्याट्री गरेका डा. अर्यालले २ महिनाअघि मात्रै आठौं तह मेडिकल अधिकृतबाट कन्सल्टेन्ट साइक्याट्रिस्ट नवौं तहमा बढुवा भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय