पाठेघरको मुखको क्याक्सर विरुद्धको खोप नेपालमा

पाठेघरको मुखको क्याक्सर गर्ने प्रमुख भाइरस ‘ह्युमन पेपिलोमा भाइरस’ विरुद्धको खोप भोलीबाट बजारमा उपलब्ध हुने भएको छ।

यतिकेम डिस्ट्रिब्युटरस प्र.लि.ले बेल्जियमबाट खरिद गरेको १५,००० डोज खोप आज नेपाल आइपुगेको छ।

पाठेघरको क्यान्सर हुनबाट जोगाउन उक्त खोपको प्रयोग गरिन्छ।

‘गत दुई वर्ष देखि यो खोप ल्याउन हामीले प्रयास गरिरहेका थियौं। नेपालमा थोरै मात्र माग भएका कारण ल्याउन सकिएको थिएन,’ यतिकेम डिस्ट्रिब्युटरसका कार्यकारी प्रमुख प्रभुराज वैद्यले बताए।

हरेक वर्ष झण्डै २५ सय महिलाहरुमा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ। तर क्यान्सरको उपचारका लागि कुनै ओषधी उपलब्ध नभएका कारण यो रोगबाट बच्न सानै उमेरमा खोप लगाउनुपर्ने हुन्छ।

१२ वर्ष भन्दा कम उमेर समूहका बालिकाहरुले लगाउँदा भविष्यमा पाठेघरको क्यान्सर हुने न्यून सम्भावना रहन्छ।

यौन सम्पर्कबाट ह्युमेन पेपिलोमा भाइरस सर्ने गर्दछ। त्यसैले सानो उमेरमा खोप लगाउँदा क्यान्सरबाट बच्न सकिन्छ, उनले भने।

भरतपुर क्यान्सर अस्पतालले १२,५०० डोज अर्डर गरिसकेको छ भने ती बाहेक बाँकी रहेका खोप बजारमा उपलब्ध गराउने वैद्यले बताए।

एक व्यक्तिले तीन डोज (मात्रा) खोप लगाउनुपर्ने हुन्छ। पहिलोखोप लगाइसकेर ३० दिन पछि दोस्रो र अर्को १८० दिन पछि तेस्रो खोप लगाउनुपर्छ।

उक्त खोप एक मात्राको ५ हजार रुपौंया पर्ने उनले बताए।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय