देशभर थप १ हजार ८३१ मा संक्रमण पुष्टि, २० को निधन

आज देशभर थप १ हजार ८३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर र ३६८३ जनाको एन्टीजेन गरी ९ हजार २१८ परीक्षण गर्दा १८३१ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् भने २० संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, मकवानपुर, कास्की, झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

काठमाण्डौ उपत्यका भित्र ३९१ जना संक्रमित भएका छन्, जसमा भक्तपुरमा ३१, ललितपुरमा ९७ र काठमाण्डौमा २६३ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ८९४ हजार जना निको भएका छन् भने ९ हजार ३८२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार १७३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय