अन्तर्राष्ट्रिय संस्थाबाट आएका स्वास्थ्य सामग्री कुन अस्पताललाई कति? (सूचीसहित)

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार २७ गते १६:३१

पहिलो कोरोना लहर भन्दा दोस्रो कोरोना संक्रमणको लहरमा उपचार तथा स्वास्थ्य समाग्रीहरु समयमै उपलब्ध नहुँदा कयौं मानिसहरुले ज्यान गुमाउनु परेको थियो भने, कयौंले शैया, अक्सिजन तथा अस्पताल नपाएर भौतारिरहनु प¥यो।

अफ्ठ्यारो समयमा अन्य राष्ट्रहरुले सक्दो रुपमा सहयोग पनि गरे।

स्वास्थ्य विभागका अनुसार बैशाख १ देखि असार २० गते सम्ममा विभिन्न संस्था तथा देशहरुबाट नपाललाई स्वास्थ्य समाग्रीहरु उपलब्ध भएका थिए।

गत तीन महिनामा विभागलाई विभिन्न अन्र्तिराष्ट्रिय संस्थाहरुबाट १४ लाख ८० हजार एन्टिजेन परीक्षण गर्ने किट उपलब्ध गराएको छ।
विभिन्न देशहरुबाट २१८ वटा भेन्टिलेटर, ५१७ थान बाइप्याप मेसिन (अक्सिजन तान्ने मेसिन), २६६ सिप्याप मेसिन, १३ हजार ८२० डेडबडी ब्याग, पञ्जा १९ लाख ९२ हजार ७५९, फेससिल ९ लाख १२ हजार ८३५, गाउन ८ लाख ९४हजार ५०७, स्यानिटाइजर २९ हजार पिस, मास्क १ करोड ५६ लाख ८३ हजार २४० थान अनुदानमा दिइएको थियो।

त्यस्तै, ३० लाख २८ हजार ६७२ थान एन९५ मास्क, ५२९५ ४० लिटरको अक्सिजन सिलिण्डर, ८०० थान ५० लिटरको अक्सिजन सिलिण्ड, ८५० ४० लिटरकोअक्सिजन ग्याँस सिलिण्डर, ६५९८ पिपिई तथा एक लाख २० हजार १०० सु कभर तथा अक्सिजन कन्र्सनट्रेटर प्रदान गरिएको थियो।

यी समाग्रीहरु विभिन्न आयुर्वेद अस्पताल, जिल्ला अस्पताल, केन्द्रिय अस्पताल, विभाग, हेल्थ पोष्ट, ल्याब तथा अन्य स्वास्थ्य केन्द्रहरुलाई पठाइएको थियो।

आयुर्वेदका स्वास्थ्य संस्थाहरुमा १११५ समाग्री, २३९४ स्वास्थ्य समाग्रीहरु प्राथमिक स्वास्थ्य केन्द्रहरुमा, ३५ लाख ३२ हजार २२९ समाग्री केन्द्रिय अस्पतालमा, ३५ हजार ९३० केन्द्रिय स्टोर, ३६६१ सामुदायिक स्वास्थ्य इकाईमा, दुई लाख ५० हजार ५४ जिल्ला अस्पतालहरुमा, ४०५ महाशाखा, ९०८८ सामान्य अस्पतालहरुमा, ९२ हजार २२७ मेडिकल कलेजहरुमा वितरण गरिएको थियो।

कूल दुई करोड ८९ हजार ४७१ थान समाग्रीहरु अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा वितरण गरिएको विभागका व्यवस्थापन महाशाखाका उपेन्द्र ढुङगानाले जानकारी दिए।

केन्द्रिय अस्पतालमा वितरण गरिएका समाग्रीहरुः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय