खोप लगाउन इच्छुकले कहाँ गर्ने दर्ता?
अधिकाशं नेपालीहरुले कोरोना विरुद्धको खोप लगाउन पाएका छैनन्। प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठि नागरिक तथा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले खोप लगाउन पाएका छन्।
अझै युवा वर्गहरुले यसको अवसर नै प्राप्त गर्न पाएका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप वितरण गर्नका लागि सहज होस भनेर पहिलो मात्राको खोप लगाउन नपाएका व्यक्तिहरुको विवराण संकलन गर्दैछ।
यसकारण कोरोना विरुद्धको पहिलो खोपका लागि दर्ता फारम भर्न आग्रह गरिएको छ।
खोप लगाउन चाहने १८ वर्ष देखि माथिका व्यक्तिहरुले मन्त्रालयले प्रदान गरेको वेवसाइटमा गएर दताए गर्न सकिन्छ।
दर्ता गर्नका लागि www.vaccine.mohp.gov.np जान सकिन्छ।यो दर्ता फारमबाट प्राप्त विवरण पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्नका लागि सहज हुनेछ।