स्याङ्जा र गोरखामा भेटियो नयाँ भेरियन्ट

हेल्थपोस्ट नेपाल

गण्डकी प्रदेशको स्याङ्जा र गोरखा जिल्लामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरीयन्ट जाँचका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका ५ वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नजराज शर्माका अनुसार स्याङ्जाका २ पुरुष तथा गोरखाका ३ महिलामा नयाँ भेरियन्ट डेल्टा भेटिएको जानकारी दिएका छन्।

स्याङजा कालिगण्डकी गाउँपाकिाका १४ वर्ष र ६० वर्षको पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकामा ७०,३३, र ४० वर्षिय महिलाहरुमा नयाँ भेरियन्ट पुष्टि भएको हो।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले यो पहिलो अल्फा भेरियन्टमाभन्दा बढी संक्रमण दर भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड र सतर्कता अपनाउन आग्रह गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *