९० वर्षीया महिलामा एकै पटक देखियो दुई थरि कोरोना भाइरसको संक्रमण

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणका कारण मृत्यु भएकी बेल्जियमकी ९० वर्षीया दुई वटा भेरियन्ट देखिएका छन्।

उनमा अल्फा र बिटा नामक दुई थरिका भेरियन्ट एकै समयमा देखिएको अनुसन्धानकर्ताले बताएका छन्।

कोरोनाविरुद्धको खोप नलगाएकी ती महिला विरामी परेपछि गत मार्चमा बेल्जियमको ओएलभी अस्पतालमा भर्ना भएकी थिइन्।

उनी भर्ना भएकै दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। शुरुमा उनको अक्सिजन लेभल राम्रै भए पनि पछि विस्तारै खस्कँदै गएपछि पाँचौं दिनमै मृत्यु भएको थियो।

परीक्षणका क्रममा उनमा अल्फा र बिटा भाइरस दुवै पाइएको थियो।

दुवै प्रकारका भाइरस बेल्जियममा फैलिएको थियो। महिलामा दुई फरक व्यक्तिहरुबाट संक्रमण फैलिएको हुनसक्ने अस्पतालका मोलिक्युलर बायोलोजिष्ट एनी भेन्र्कबरगेनले बताइन्।

तर उनलाई कसरी संक्रमण भयो भन्ने कुरा थाहा नभएको उनले बताइन्।

एनीले दुईथरि भाइरसको संक्रमणले ती वृद्धाको स्वास्थ्य बिग्रँदै गएको हो होइन भन्न नसकिएको बताइन्।

हालसम्म यस्ता कुनै पनि केस सार्वजनिक भएका छैनन्। पक्कै पनि यस्ता विषयलाई हेलचेक्र्याईँ गरिएको हुन सक्ने उनले बताइन्।

भेरियन्ट पत्ता लगाउने परीक्षण निक्कै कम गरिएका कारण पत्ता नलागेको हुन सक्ने र संक्रमण पत्ता लगाउन छिटो पिसिआर हुनुपर्ने उनले बताइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *