वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्।आइतबार बिहान एक समारोहबीच प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्।

समारोहमा बोल्दै अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा. जागेश्वर गौतमले आइसियु, एचडियु र जनरल गरि ५०० बेड थपि सेवा विस्तारको तयारीमा रहेको जानकारी दिएका छन्।

२५ वटा आकस्मिक बेडलाई बढाएर १००, १०० आइसियु बेडलाई थपेर २०० पुर्याउने तथा मिर्गौला डाइलाइसिसको मेशिनलाई १५ बाट बढाएर १०० पु्याउने, दैनिक ७५ वटा सर्जरी पुर्याउने लक्ष्य अनुसार काम अघि बढाइएको उनले जानकारी दिए।

यस आर्थिक वर्षमा असार २५ गतेसम्म २१ सय १८ जना कोभिडका बिरामीको उपचार भएको जसमध्ये १७५५ जना निको भएको र २७९ जनाको मृत्यु भएको छ । हाल ८४ जना उपचाररत छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *