विवाह अगाडि सेक्स गरेको कसरी थाहा पाउने?

हेल्थपोस्ट नेपाल

म २३ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क हुँदै आएको छ। अहिले तर, अहिले विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?

विवाह नभएका सबै युवा–युवती ‘भर्जिन’ भएको आशा गरिन्छ।

तर, अहिलेको आधुनिक समाजमा धेरै युवा–युवतिको विवाह अघि नै ‘सेक्स’ गरेका हुन्छन्।

महिलाले विवाहअगाडि यौनसम्पर्क राखेर वा नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आएर वा नआएको वा दुखेरनदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ। भने पुरुषको लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि सत्य होइन ।

पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन गाह्रो कुरा हो।

हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन।

जब केटीहरुको पहिलो यौन सम्पर्कका बेला योनिच्छेद तन्किने र च्यातिन्छ भन्ने गरिन्छ । तर, सेक्स नभएपनि विभिन्न कारणले योनिच्छेद  च्यातिन सकिने चिकित्सकहरु बताउँछन्। उनीहरुकाअनुसार व्यायाम गर्दा, साइकल चलाउँदा, रुख चढ्दा पनि योनिच्छेद च्यातिन्छ ।

कतिपय मानिसहरु भर्जिन केटीको पहिलो यौनसम्बन्धका बेला रक्तस्राव हुनुपर्ने मान्यता राख्छन् । र यो नभएपनि दम्पत्तिबीच नै फाटो आउने सम्भावना पनि देखिन्छ । तर, यो एउटा भ्रममात्रै हो ।

खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको अहिलेको समयमा माहिलाको योनीको मुखमा

बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौनसम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन ।

विवाहअगाडि यौनसम्पर्क राखेरनराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन ।यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो। योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो ।

महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ । अझ बच्चा पाउने बेलामा बच्चा पाउने हदसम्म पनि खुकुलो हुन सक्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *