शनिबार २६ हजार ४७९ सक्रिय संक्रिमत, २२ को निधन

पछिल्लो २४ घन्टामा २ हजार १६९ जनामा कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १० हजार ४१७ नुमना परीक्षण गर्दा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार देशभर २६ हजार ४७९ सक्रिय संक्रिमत छन्।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १ हजार ४३२ संक्रमणमुक्त भएका छन्।

यो सँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ।

आज कोरोना संक्रमणबाट २२ जनाको निधन भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोनाबाट ९ हजार ३६२ ले ज्यान गुमाएका छन्।

आज ३०८ क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय