ओलीलाई गगन थापाको प्रश्न : झलनाथको उपचार खर्च बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?

 

नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्नेगरि भएको निर्णयमा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै थापाले संसोधित संविधान (२०७५/६/२ गतेदेखि लागू भएको) मा सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न नमिल्ने स्पष्टरुपमा लेखिएको बताए। ‘अब भन्नुस् पूर्वप्रमको खर्च बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?’, थापाले प्रश्न गरेका छन्।

उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषदले निर्णय गर्ने प्रचलन रहेको बताउँदै थापाले भने, ‘यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौं र मन्त्रालयबाट एकजनाको पनि सिफारिस गरेनौं। तर, पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन।’

कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा आफूले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने संशोधन प्रस्ताव राखेको थापाले बताए।

‘त्यो संशोधन संसदले स्वीकार्दै बनेको कानुन २०७५/६/२ गतेदेखि लागूभयो। कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन। @PM_Nepal अब भन्नुस् पूर्वप्रमको खर्च बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?’, थापाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय