गर्भवती महिलामा भेटियो जिका भाइरस संक्रमण

हेल्थपोस्ट नेपाल

भारतको केरलामा लामखुट्टेबाट सर्ने जिका भाइरस देखिएको छ।

केरलाका स्वास्थ्य मन्त्री भिना जोर्जका अनुसार त्रिभान्ड्रम जिल्लामा १४ जनालाई जिका भाइरस संक्रमण देखिएको छ।

भारतमा २०१६–१७ मा गुजरातमा पहिलो पटक जिका भाइरसबाट मानिसहरु संक्रमित भएका थिए।

लामखुट्टेबाट सर्ने यस भाइरसले बालबालिकाहरुको दिमागमा असर गर्ने तथा अटो इम्युन रोग ‘गुलियन बेर सिन्ड्रोम’ समेत गराउँछ।

यो भाइरस लामखुट्टेबाट मात्र नभई यौन सम्पर्कबाट पनि सर्ने गर्दछ।

उक्त जिल्लामा सबै नयाँ संक्रमितहरु स्वास्थ्यकर्मीहरु रहेका छन्।

स्वास्थ्यमन्त्रीका अनुसार पहिलो संक्रमण २४ वर्षिया गर्भवतीमा देखिएको थियो। उनमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएको छ।
हाल उनले बच्चालाई जन्म दिइसकेको र दुबैको स्वास्थ्य राम्रो छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *