आज २६ हजार ५९० सक्रिय संक्रमित, २० को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार २३९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ हजार ६५७ जनामा पिसिआर र ४ हजार ६५६ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २३९ जनामा संक्रमण देखिएको हो।

शुक्रबार कोरोना संक्रमणबाट २० जनाको निधन भएको छ। योसंगै हालसम्म नेपालमा कोरोनाबाट ९ हजार ३४० जनाको निधन भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा १ हजार ३१६ जना कोरोना मुक्त भएका छन्। यो सँगै ६ लाख १६ हजार ९२९ संक्रमणमुक्त भएका छन्।
आज देशभर २६ हजार ५९० सक्रिय संक्रमित छन्। जुन कुल संक्रमितको ४ प्रतिशत हो।

त्यसैगरी, उपत्यकामा काठमाडौमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ संक्रमित थपिएका छन्।काठमाडौं जिल्लामा हाल ५३७७, भक्तपुरमा १०४० र ललितपुरमा १३८५ सक्रिय संक्रमित छन्। शुक्रबार ३ सय ५ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय