तलब नपाएको भन्दै चिकित्सकले गरे आत्महत्या
समयमै तलब नपाएको भन्दै एक चिकित्सकले आत्महत्या गरेका छन्।
महाराष्ट्रका ४५ वर्षे चिकित्सकले आफू कार्यरत स्वास्थ्य केन्द्रमै आत्महत्या गरेका भारतीय मिडियाले जनाएका छन्।
उनी पछिल्लाे समय काेराेना खाेप कार्यक्रममा खटिएका थिए।
करन्जी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश सिल्केले खोप लगाउने ड्युटीमै आत्महत्या गरेका हुन्।
उनले आत्महत्या अगाडी कार्यालय सहयोगीसँग कापी र कलम मगाएर एउटा नोट लेखेर छोडेका थिए । जसमा कामको तनाब धेरै भएको, समयमै तलब नपाएको र तल्सीदार, कलेक्टर तथा प्रशासन कार्यालयबाट धेरै प्रेसर आएको उल्लेख गरेका छन्।