चार दिनदेखि सुत्केरी अस्पतालमा बन्धक, श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

हेल्थपोस्ट नेपाल
फाइल फोेटो

जनकपुरको एक निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा सुत्केरी चार दिनदेखि बन्धक बन्नुपरेको छ।

जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन ।

व्यथा लागेपछि यही असार १७ गते बेगम खातुन अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी बेगमलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छिन् ।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । बेगमकी ३१ वर्षीय श्रीमान मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैन ।

लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको समीर नदाफले बताए।

‘दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका समीरको न आफ्नो घर छ, न त काम,’ उनले भने, ‘ दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाउ ?’

उनले उपचार खर्च तिर्न नसक्दा आफ्नो श्रीमती र नवजात शिशु घर ल्याउनको लागि भनी चार पाँच दिनदेखि गाउँमा चारैतिर चन्दा संकलन गरिहेका छन्।

‘सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागे, आजसम्म ५० हजार जति सकंलन भयो तर, अझ रु ६० हजार जुटाउन बाँकी नै छ।सञ्चारमाध्यमबाट उपचार खर्च जुटाउनका लागि सम्पूर्ण मनकारीसँग गुहार मागेको छु,’ उनले भने।

उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ । यता बेगमको श्रीमान समीर भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन्।

‘एउटा झोला र कापी लिएर हिँडेको छु। कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु,’ उनले दुखेसो पोखे।

शल्यक्रिया र औषधिको लागि ऋण खोजेर उनले करीब ५० हजार उपचारमा खर्च गरिसकेका छन्। ‘अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन । यसरी श्रीमती अस्पतालमा छन्। श्रीमान पैसाको खोजीमा गाउँ टोलमा भौँतारिँदै छन ।

नदाफलेलाई सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न सकिन्छ। अहिलेबच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक छ ।

अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनकाअनुसार दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेकाे जनाएकाे छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *