सरकारी कमजोरी र फैलिरहेको कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार कोरोना संक्रमण कम हुँदै गेएको देखियता पनि अझै संक्रमण घट्न सकेको छैन।

कोरोना संख्या कम भएपनि परीक्षण कम भएका कारण संक्रमणको संख्या कम देखिएको हो। तर परीक्षण कमै भएपनि परीक्षण गरेको संख्यामा संक्रमणको दर कम भएको देखिएको छैन।

हाल सम्म पनि परीक्षण गरिएका नमुनाहरुको संक्रमण दर २० प्रतिशत भन्दा कम भएका छैनन्। यस्तो अवस्थामा कोरोना संक्रमणको चेन ब्रेक हुन कठिन छ।

चेन ब्रेक गर्नकै लागि भनेर निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाले मात्र संक्रमण दर कम हुने भने होइन।  यसका लागि परीक्षण बढाउने, खोप लगाउने कार्य पनि संगसंगै लानुपर्ने हुन्छ। तर, यो सम्भव भइराखेको छैन।

लकडाउन गर्दा संक्रमण केही कम भएको देखिए पनि पुन निषेधाज्ञा खोलिँदा घट्ने कुनै आशा छैन। न त हामीले ठाउँठाउँमा पुगेर परीक्षण गर्न सकेका छौं, न त खोप नै दिन सकेका छौं।

त्यसैले कोरोना संक्रमण पुन बढ्न सक्ने धेरै सम्भावना रहेको छ। त्यस्तै कोरोना संक्रमणको लहरलाई बुझ्न सर्भिलियन्स गर्न जरुरी छ।

सर्भिलियन्स भनेको संक्रमितको मृत्यु भएको वा जीवित रहेको गन्ने वा तथ्याङक राख्ने मात्र होइन, भाइरसको रुप परिवर्तन भयो कि भएन, त्यही भाइरस फैलिरहेको छ कि अन्य कुनै आएको हो, कति समयमा कुन भाइरस फैलिरहेको थियो भन्ने अनुसन्धान गर्न जरुरी छ।

तर हाम्रोमा हालसम्म पनि सर्भिलियन्स गरेका छैनौं। एक महिना अगाडि संकलन गरेको नमुनाको नतिजा आउँदा बल्ल कुन भाइरस हो थाहा हुन्छ, तर त्यस बीचमा अन्य कुनै भाइरस आएको थाहा नै हुँदैन।

अन्य देशमा कुन भाइरस फैलिएको छ, खोप लगाएका व्यक्ति कति संक्रमित भए, नयाँ आएका भेरियन्टलाई खोपले काम गर्छ गर्दैन सबैको अध्ययन हुन्छ।

दोस्रो मात्रा खोप लगाउन बाँकी रहेकालाई पछि काम गर्छ गर्दैन भन्ने अनुसन्धान पनि हुन सकेको छैन।  केही हप्ता लकडाउन गर्ने, अलि कम देखिने बित्तिकै खोल्ने मात्र भइरहेको छ।  सरकारकाे कम्जोरी भनेकै परीक्षण धेरै प्रयाप्त रुपमा गर्न नसक्नु हो।

अघिल्लो वर्ष हामीले कोरोना संक्रमित भएको ठाउँमा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने, गाउँ छिमेक नै ब्लक गर्ने, क्वारेन्टिनको व्यवस्था, आइसोलेसनको व्यवस्था गरिएको थियो।

तर यस वर्ष यस्तो कुनै व्यवस्था गरिएको छैन। मानिसहरुलाई घरमै बस्न सल्लाह दिइयो। सरकारलाई घरमा बस्ने मानिसहरु कतिले परीक्षण गरे भन्ने पनि जानकारी छैन।

सरकारले खाली बन्द गर्ने र खोल्ने काम मात्र गर्‍यो, परीक्षण भने प्रयाप्त गर्न सकेन।

गत वर्ष सेरो प्रिभालेन्स सर्वे सेप्टेम्बरबाट गरिएको थियो भने यस वर्ष फेरी गर्न लागिएको छ। यस अध्ययनबाट कति जना व्यक्तिलाई कोरोना संक्रमण भयो भन्ने बल्ल थाहा हुन लागेको छ।

खोप बारे पनि अनुसन्धान गर्नजरुरी देखिन्छ। देशभरी २० प्रतिशत मानिसहरुलाई खोप दिन सके केही सहज हुने थियो तर हालसम्म जम्मा ३ प्रतिशतले मात्र खोप लगाउन पाएका छन्।

कोरोना संक्रमण दर दोस्रो लहको शिखर भन्दा केही प्रतिशत घटेको तथ्याङकले देखाएपनि परीक्षणको अनुपातमा संक्रमित संख्या भने घटेको छैन।

परीक्षण अनुरुप देखिएका संक्रमितहरुलाइ आइसोलेशन सेन्टर वा क्वारेन्टिनमा राख्न सकिएको भए चेन ब्रेक हुन सक्ने सम्भावना रहन्थ्यो।

तर अन्य देशहरु भन्दा नेपालमा संक्रमण दर र मृत्युदर नेपालमै बढि छ।

अस्पतामा भर्ना भएर मृत्यु भएका संक्रमति बाहेक घरमा, दुर्गम गाउँहरुमा, मृत्यु भएका व्यक्तिहरुको तथ्याङक नै राखिएको छैन। वैज्ञानिक आधार देखाउन हामीसँग डाटा नै छैन भने सर्भिलिएन्स नै गरिएको छैन।

महामारी पुन फैलिनबाट जागिन खोप लगाउने, परीक्षण बढाउने, निषेधाज्ञा गर्ने उपायहरु नै अपनाउनुपर्छ। कोरोना भाइरस कम भएको छैन, हामी सचेत हुनै पर्छ। नयाँ भेरियन्टको भाइरस फैलिनबाट सचेत हुन जरुरी छ।

भाइरोलोजिष्ट डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *