कोरोनाबाट श्रीमान्-श्रीमतीको एकै दिन मृत्यु, परिवारमा फैलिएको थियो संक्रमण

कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको एकैदिन मृत्यु भएको हो।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो। लावती परिवारका सातजनामा संक्रमण पुष्टि भएकामा दुईजनाको निधन भएको हो। एकै परिवारका दुईको निधन भएसँगै गाउँमा त्रास फैलिएको छ।

६ दिनअघि उनीहरुलाई संक्रमण पुष्टि भएको थियो। संक्रमित सबै होम आइसोलेसनमा रहेका थिए। मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति पनि संक्रमित रहेका बताइएको छ।

इलाममा बिहीबार थप २२ जनामा संक्रमण देखिएको छ। यससँगै जिल्लामा संक्रमितको संख्या २ हजार १४४ पुगेको छ। संक्रमितमध्ये १ हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको निधन भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय