भारतमा डेल्टाको एवाई.२ म्युटेशन फेला, अन्यभन्दा बढी खतरनाक

अमेरिका र बेलायतपछि भारतमा पनि कोरोनाको डेल्टा भेरियन्टको नयाँ म्युटेशन फेला परेको छ। केन्द्रीय सरकारले यस विषयमा मौनता जनाएपनि भारतीय वैज्ञानिकले भने भारतमा डेल्टाको एवाई.२ म्युटेशन फेला परिसकेको दाबी गरेका छन्।

हाल अमेरिकामा सबैभन्दा बढी यो म्युटेशनका संक्रमित रहेका छन्।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आइसिएमआर) ले दिएको जानकारी अनुसार हालसम्म एवाई.२ का पाँच संक्रमित भारतमा देखा परिसकेका छन्। यी केशहरु राजस्थान, कर्नाटक र महाराष्ट्रमा पाइएका छन्।

अघिल्लो वर्षको अक्टोबरमा कोरोनाको डबल म्युटेशन सुरुमा महाराष्ट्रमा भेटिएको थियो। यसपछि भारतमा नयाँ भेरियन्टको रुपमा डेल्टा र कप्पा आएको थियो। डेल्टाका पनि दुई म्युटेशन भारतमा देखिएका छन्। पहिलो, डेल्टा प्लस र दोस्रो, अहिले पुष्टि भएको एवाई.२।

पुणेस्थित एनआइवीकी डा. प्रज्ञा यादवले डेल्टा प्लससँगै एवाई.२ पनि भारतमा पाइएको दाबी गरिन्। यी दुवै म्युटेशन निकै गम्भीर प्रकृतिका भएका उनले बताइन्। यसबारे धेरै जानकारीहरु आइनसकेपनि यी म्युटेशनलाई खतरनाक मानिएको छ र यसमाथि अनुसन्धानहरु भइरहेका छन्। यादवले भारतमा कोरोनाको तेस्रो लहर आए यी दुवै म्युटेशको मुख्य भूमिका हुनसक्ने बताइन्।

डेल्टाको तेस्रो म्युटेशन पनि फेला

डेल्टाको तेस्रो म्युटेशन पनि फेला परेको दाबी गरिएको छ। तर, भारतलगायत दक्षिण एसियाली मुलुकमा यसको पुष्टि भएको छैन। जुन २३ मा तेस्रो म्युटेशनका रुपमा एवाई.३ भेटिएको पुष्टि गरिएको छ। अमेरिका तथा बेलायतमा गरिएको जिनोम सिक्वेन्सिङमा यसको पुष्टि भएको हो।

भारतका १४ राज्यमा डेल्टा प्लस

भारतका १४ राज्यमा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो पटक उत्तर प्रदेश र बिहारमा यो भेरियन्टको पुष्टि भएको छ। भारतमा ८० जनामा डेल्टा प्लसको संक्रमण देखिएको छ।

बी.१ भेरियन्टको तुलनामा बीटा र डेल्टा धेरै खतरनाक

कोरोना संक्रमणमुक्त भएका व्यक्तिमा गरिएको एन्टिबडी परीक्षणबाट थाहा भएको छ कि, बी.१ भेरियन्टको तुलनामा बीटा र डेल्टा धेरै खतरनाक छन्। बी.१ भेरियन्टबाट संक्रमणमुक्त भएका व्यक्तिमा ९७.८ प्रतिशत एन्टिबडी पाइयो भने बीटाबाट संक्रमणमुक्त भएकामा २९.६ प्रतिशत र डेल्टाबाट संक्रमणमुक्त भएकाहरुमा २१.१ प्रतिशत एन्टिबडी पाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय