चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार २५ गते ८:५८

फाइल तस्बिर।

काठमाडौं – चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आज बिहान खोप नेपाल ल्याइपुर्‍याएको हो।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो। जसमध्ये पहिलो खेपमा ८ लाख डोज खोप आएको हो।

आज ८ लाख डोज खोप आइपुगेको र अब बाँकी अन्य उडानमार्फत ल्याइने स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।

साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आएको खोप ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय