शीघ्र स्खलन हुन्छ ? यसो गर्नूस्

हेल्थपोस्ट नेपाल

यौन जीवनमा शीघ्र स्खलनको समस्या नझेलेका पुरुषहरु सायदै होलान्।  शीघ्र स्खलनको समस्याले एकातिर आफ्नो पार्टनरलाई सन्तुष्टि दिन त सकिदैन नै आफूलाई पनि हीनताबोधको भावना आउँछ। त्यसले समग्र यौन जीवन र दाम्पत्य जीवनलाई नै धरासायी बनाउँदै लैजान्छ।

चाँडो वीर्य स्खलन हुने समस्या सापेक्षिक कुरा हो। स्वस्थ व्यक्तिको तीन मिनेटमा वीर्य स्खलन हुन्छ भने शीघ्र स्खलन भएको ठान्ने व्यक्तिले २ मिनेट कम वा यौन कार्यको ५ वा १० धक्कामा नै वीर्य स्खलन हुँदा पनि शीघ्र स्खलन भएको गुनासो गरिहेका हुन्छन्।

जसले गर्दा तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन जान्छ।  त्यसैले यस्तो अवस्थाबाट पार पाउन दम्पत्तिले समझदारीपूर्वक शीघ्र स्खलनको समस्या हटाउन खोज्नुपर्दछ। शीघ्र स्खलन किन हुन्छ भन्ने कुरा राम्रोसँग थाहा पाएपछि त्यसलाई रोक्न के गर्ने भन्ने पनि आफैले बुझ्न सकिन्छ।

शीघ्र स्खलन रोक्न के गर्ने ?

शीघ्र स्खलन नियन्त्रण सम्भव छ। यौनसम्पर्कका क्रममा वीर्य स्खलन होलाजस्तो भयो भने लिंग बाहिर निकाल्ने अनि यौन उत्तेजना कम भएपछि पुनः चालू गर्ने, पार्टनरको अंगमा ध्यान नदिने, यौन दृश्य तथा यौन परिकल्पना नगर्ने जस्ता क्रियाकलाप गर्नुपर्छ।

यौन सम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्गलाई योनीबाट बाहिर झिकेर केहीबेर यौन क्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने । यसो गरेमा शीघ्र स्खलनको समस्यालाई कम गर्न केही सहज हुन्छ । अर्को कुरा, स्खलन होलाजस्तो भए पनि यौन सम्पर्कलाई रोकेर ध्यानलाई अर्कै कुरातर्फ लगाउन सकियो भने पनि मद्दत पुग्छ।

त्यसैगरी, स्खलन होलाजस्तो भयो भने लिंगको फेदमा अँठ्याउने, अण्डकोष र मलद्वारबीचको वीर्य नली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कन्डम प्रयोग गर्ने आदि उपाय अपनाएमा शीघ्र स्खलनको समस्या बिस्तारै हट्छ। महिला माथि बसेर गरिने यौन आसनमा पनि वीर्य स्खलन ढिलो हुन्छ।

कन्डमको प्रयोग गर्ने (कण्डमले योनी र लिंगको बीचमा स्पर्श र उत्तेजना कम गरिदिन्छ) अझ पातलो भन्दा बाक्लो खालको कन्डमको प्रयोग गर्दा लामो समय सम्म स्खलन रोक्न सकिन्छ ।

वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई विस्तारै भगक्षेत्र (योनी क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने, तर यौन सम्पर्क भने नगर्ने। यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भएमा यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने।

शीघ्र स्खलनको समस्या रहिरहेमा यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग लिनुपर्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *