वीर अस्पतालमा बेड संख्या ९६६ पुग्याे, ८३१ कर्मचारी दरबन्दी थप, केमा कति ?

नेपालको सबैभन्दा ठुलो र पुरानो वीरमा बिरामीको चाप बढेसँगै सरकारले अस्पतालको बेड संख्या थप गरेको छ।

यो सँगै वीरले अब ९ सय ६६ बेडबाट बिरामीलाई सेवा दिने भएको छ।

गरिब तथा विपन्न वर्गले सरकारी अस्पतालमा बेड नपाउँदा घरखेत बेचेर नै निजीमा उपचार गर्नुपर्ने बाध्यता थियो।

वीरमा बेड संख्या बढेसँगै यस्ता समस्याको हल हुनेछ।

२१ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले ४ सय ६० रहेका बेडलाई बढाएर ९ सय ६६पुर्‍याइको छ।

बेडसंख्या बढाएसँगै अस्पतालमा काम गर्ने कर्मचारीको दरबन्दीसंख्या पनि बढेको छ।

नेपाल सरकारले बिरामीको संख्यामा वृद्धि हुँदै गएपछि स्वास्थ्य मन्त्रालयले केन्द्रीय अस्पतालहरूमा अर्गनाइजेशन एण्ड म्यानेजमेन्ट (ओएनएम) सर्भे गरेको थियो।

एक महिना अगाडी स्वास्थ्य मन्त्रालयले थप दरबन्दी सिर्जना गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव राखेको थियो।

अब स्वास्थ्य मन्त्रालय अन्तर्गत रहने गरी वीरमा १ हजार ५१८ दरबन्दी रहने छन्।

यसभन्दा अगाडी सरकारी तर्फबाट ६८७ दरबन्दी थियो।

हाल विभिन्न पदमा स्वास्थ्य मन्त्रालयले पुल दरबन्दीमा रहने गरी ८३१ थप गरेको हो।

कुन पदमा कति दरबन्दी थपियो?

स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार दरबन्दीमा १ प्रमुख विशेषज्ञ, १ प्रशासनतर्फको सहसचिव समेत थपिएको छ।

दरबन्दी थपिएका १८६ जनासँगै वीरमा चिकित्सकको थपिएका छन्।

चिकित्सकमा ११ औं तह (प्रमुख कन्सल्ट्यान्ट) का १७ जना, नवौं र दशौं तह (कन्सल्ट्यान्ट) ११६ जना, आठौं तह (मेडिकल अधिकृत) ४९ जना र डेन्टल सर्जन चार जना रहेका छन्।

यसअघि १८ जना इञ्चार्ज र स्टाफ नर्समा १६५ जनाको दरबन्दी रहेको वीर अस्पतालमा नयाँ दरबन्दी ७०४ जना थपिएसँगै नर्सिङ स्टाफको दरबन्दी ८८७ पुगेको छ । यसैगरी स्वास्थ्य प्राविधिकतर्फ पाँचौं, छैटौं र सातौं गरी ५३ दरबन्दी थपिएको छ ।

त्यसैगरी, श्रेणीविहीन कर्मचारीको १५५ दरबन्दी कटौती गरिएको छ । श्रेणीविहीन कर्मचारीको दरबन्दी यसअघि २३३ थियो ।

3 thoughts on “वीर अस्पतालमा बेड संख्या ९६६ पुग्याे, ८३१ कर्मचारी दरबन्दी थप, केमा कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय