बिहिबार २६ हजार ४४७ सक्रिय संक्रमित, २९ को मृत्यु

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट २९ जनाको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार नेपालमा हालसम्म कोरोनाबाट ९ हजार ३२० जनाको ज्यान गुमाइसकेका छन्।

बिहिबार २६ हजार ४४७ सक्रिय संक्रमित छन्।

आज १ हजार ८७५ जना संक्रमित थपिएका छन्।

१० हजार ५०४ नमुना परीक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १ हजार २८६ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म ६ लाख १५ हजार ६ सय १३ संक्रमणमुक्त भएका छन्।

आज देशभर ३ सय जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय