काठमाडौंमा लक्ष्यभन्दा बढीले लगाए भेरोसेल खोप
काठमाडौं जिल्लामा सुरू भएको खोप अभियान आजबाट सकिँदैछ। काठमाडौंका विभिन्न खोप केन्द्रमा चलिरहेको तीन दिने अभियानमा ६७ हजार २८४ जनालाई लगाउने लक्ष्य राखिएको थियो।
तर, खोप अभियान सुरू भएको दुईदिन (बुधबार) भित्रमै ६३ हजार ६७ जनाले खोप लगाइसकेका छन्।
स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले ललितपुर तथा अन्य जिल्लाका नागरिकले दोस्रो मात्रा लगाउँदा लक्ष्य भन्दा बढी खोप दिनुपरेको बताए।
‘अहिले काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा ६७ हजारलाई दिने लक्ष्य राखेका थियौं। तर, अन्य जिल्लामा खोप कार्यक्रम सुरू नहुँदा यहीँ आएर लगाउनुभयो। जसले गर्दा लक्ष्यभन्दा बढी खोप दिनुपर्यो,’ खड्काले हेल्थपोस्टसँगको कुराकानीमा भने।
उनकाअनुसार स्वास्थ्य सेवा विभागले स्वास्थ्य कार्यालयलाई ७० हजार डोज खोप उपलब्ध गराएको थियो। तर, खोप लगाउनेको संख्या बढेसँगै बुधबार १५ हजार डोज खोप थप गरेको थियो।
‘स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको खोप हिजो नै सकियो। आज १५ हजार मात्रा थप गरेका छौं। बेलुकासम्म ९० हजार हाराहारीले खोप पाउनु हुनेछ,’ उनले भने।
यसमध्ये बुधबारसम्म करिब ६३ हजार डोज खोप लगाइसक्दा बाँकी करिब ३२ हजार डोज खोपसहितको अभियान आज चलिरहेको छ। हिजो र अस्तिकै अनुपातमा हेर्दा आज बेलुकासम्म खोप लगाउनेको संख्या करिब ९० हजारको हाराहारीमा पुग्नसक्ने खड्काले बताए।
मंगलबार खोप अभियानको पहिलो दिन ३२ हजार १४ जनाले खोप लगाएका थिए। यस्तै बुधबार ३० हजार ६५० जनाले खोप लगाएका थिए। बिहीबार अर्थात आज पनि यसै अनुपातमा खोप लगाउने अनुमान गरिएको छ।
कस्ले लगायचन कुन्नि हामीले पहिलो दोएस त पायका छैन
Hamro Palo thiyo 25 gate lagauna payena aba 2 nd dose kahile lagauxa?