कोभ्याक्सअन्तर्गत खोप आउँदै, ‘कोभिसिल्ड’काे पहिलो मात्रा लगाएका लागि दिइने

विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स) सुविधाअन्तर्गत नेपालले पाउने अस्ट्राजेनिकाको खोप यही जुलाइको अन्त्यसम्म पाउने निश्चित भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले कोभ्याक्स सुविधाअन्तर्गतको अस्ट्राजेनिकाको खोप यही जुलाई महिनाको अन्त्यसम्ममा नेपाललाई उपलब्ध गराउने निर्णय भएको बताए।

‘हामीले चाडैं उपलब्ध गराउन आग्रह गरिरहेका छौं। आगामी तीन हप्ता भित्र नेपालले स्ट्राजेनिकाको खोप दिने निर्णय गरेका छन्,’ डा. पोखरेलले भने।

नेपालले अस्ट्राजेनिकाको १५ लाख डोज खोप उपलब्ध गराउन आग्रह गरिहेको बताए।

‘हामीले १५ लाख डोज मात्राका लागि अनुरोध गरेका छौं। हेरौं कति उपलब्ध हुन्छ। त्यसैअनुसार खोप उपलब्ध गराउँछौं,’ डा. पोखरेलले भने।’

खोप यसअघि भारतले उपलब्ध गराएको कोभिसिल्ड खोप एउटै कम्पोजिसनबाट बनेकाले ‘कोभिसिल्ड’ पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिका लागि लगाउन सकिनेछ ।

नेपालमा २५ लाख ८१ हजार १९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यसमध्ये सात लाख ४५ हजार ७४४ जनाले मात्रै दोस्रो मात्रा लगाएका छन्। यो संख्या पहिलो डोज खोप लगाउनेको २८.९ प्रतिशत मात्रै हो । बाँकी ७१.१ प्रतिशतले अहिलेसम्म दोस्रो खोप पाएका छैनन् ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप लगाएर नेपालमा २०७७ माघ १४ देखि कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको थियो ।

सरकारले भारतसँग २० लाख डोज कोभिसिल्ड खरिद गरेको थियो। तर, अहिले सम्म १० लाख मात्रा मात्रै उपलब्ध गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय