खोप लिन आज चीन जाँदै नेपाल एयरलाइन्सको विमान

हेल्थपोस्ट नेपाल

कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाने भएको छ।

सरकारले सार्वजनिक गरेको तालिकाअनुसार खोप लिन त्रिभुवन विमानस्थलबाट दिउँसो ३:२५ मा विमान उड्ने छ भने ११:२५ मा खोप लिएर फर्कनेछ।

सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रिमेन्ट गरेको छ। सोहीअनुसार पहिलो चरणमा १० लाख डोज खोप आउने भएको हो।

खोप लिन विमान चीनको राजधानी बेइजिङ जाने छ।

दोस्रो खोप ९ जुलाईमा आउनेछ। १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप र २२ जुलाईमा पाँचौ र २३ जुलाईमा छैटौ खेप ल्याइनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *