फेरी ७७ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित?

कोरोना भाइरस संक्रमणको गति पुनः बढ्न थालेको छ। पछिल्ला केही दिन यता संक्रमण दर विस्तारै बढ्न थालेको छ।

बुधबार ११ हजार ८९८ नमुना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको हो। हालको संक्रमणदर २६ प्रतिशतभन्दा माथि गएको छ।

केही सातासम्म २० प्रतिशतमा कममा गएको संक्रमणदर अहिले विस्तारैै बढ्दै गएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोनाका २३ हजार ७५६ सक्रिय संक्रमित भएका छन्।

अहिले सबै जिल्लामा सक्रिय संक्रमित छन्।

‘धेरै ठाउँमा निशेषज्ञा खुकुलो भएको छ। हामीले बिर्सन हुन्, अझै पनि जोखिम कायम नै छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल भन्छन्, ‘केही दिनयता संक्रमण झ्न–झ्न बढ्दै गएको छ।’

नेपालमा ‘डेल्टा प्लस भेरियन्ट’ फैलिएसँगै संक्रमणको दर पनि बढ्दै गएको विज्ञले बताएका छन्।

‘अझै पनि दैनिक कोरोना परीक्षण कम भइरहेको छ। सरकारी स्वास्थ्य संस्थामा लक्षण भएकाको निशुल्क परीक्षण हुन्छ। संक्रमण हुन बच्नका लागि अनिवार्य परीक्षण गर्नुहोस्,’ डा. पौडेलले भने।’

संक्रमणदर बढ्दै जाँदा पुनः कोरोनाले रूप फेर्दै गएको अनुमान गर्न सकिन्छ।

कहाँ–कति सक्रिय संक्रमित ?

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढि सक्रिय संक्रमित हुने ९ जिल्ला छन्। जसमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा सक्रिय संक्रमित छन्।

तीमध्ये काठमाडौंमा मात्रै ५ हजार ४८७ छन्। भक्तपुरमा १ हजार २३ र ललितपुरमा १ हजार ४ सय ९६ सक्रिय संक्रमित छन्।

त्यसैगरी, मोरङ, सुनसरी, झापा, ललितपुर, चितवन, मकवानपुर र कास्कीमा ५सयभन्दा बढी सक्रिय संक्रमित छन्।

मन्त्रालयको अनुसार २३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि छन्।

जसमध्ये धनुषा, बारा, सप्तरी, पर्सा, काभ्रे, नुवकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, बागलुङ छन्। त्यसैगरी, म्याग्दी, लमजुङ, तनँहु, नवलपरासी पूर्व, रूपन्देही, बर्दिया, पाल्पा, दाङ, बाँके, नवलपरासी (पश्चिम), सुर्खेत, कैलाली र कञ्चनपुरमा २ सयभन्दा बढी संक्रिय संक्रमित छन्।

४५ वटा जिल्लामा २ सयभन्दा तल सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सातको लाखको नजिकमा संक्रमित संख्या
नेपालमा कोरोना संक्रमित हुने संख्या सात लाखको नजिकमा पुगेको छ।

बुधबार २ हजार ९७९ जनामा कोरोना संक्रमित थपिएसँगै नेपालमा ६ लाख ९० हजार ९७४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ३३ लाख ९१ हजार ३७९ पिसिआर र २ लाख १७ हजार ४२१ कोरोनाको नमुना परीक्षण भएको छ।

जसमध्ये पिसिआर मार्फत ६ लाख ५० हजार १६२ र एन्टिजेन मार्फत ४० हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ।

कुल संक्रमित मध्ये ६ लाख १४ हजार ३२७ संक्रमणमुक्त भएका छन्।

नेपालमा ९ हजार २९१ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।

५७१ आइसियू, कुन प्रदेशमा कति ?

मन्त्रालयको अनुसार ५७१ आइसियू र १६१ भेन्टिलेटरमा उपचार भइरहेको छ।

जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढि छन्।

मन्त्रालयको तथ्यांक अनुसार बागमतीमा ३२८ जनाको आइसियूमा उपचार भइरहेको छ। जसमा ९४ जना भेन्टिलेटरमा छन्।

त्यसैगरी प्रदेश १ मा ११२ जना आइसियू र ४५ भेन्टिलेटरमा, गण्डकीमा ६२ आइसियू र ९ भेन्टिलेटरमा छन्।

त्यस्तै, लुम्बिनीमा ४९ आइसियू र ८ भेन्टिलेटरमा, कणार्लीमा १३ आइसियू र १ भेन्टलेटरमा, सुदुरपश्चिममा ४–४ आइसियूमा र भेन्टिलेटरमा छन् भने प्रदेश २ मा ३ जना आइसियूमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय