स्वास्थ्य मन्त्रालयले भन्यो –हावाबाट कोरोना फैलिरहेको छ, सावधानी अपनाउनुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस हावामा फैलिरहेको सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले भाइरस, मानिस र वातावरणको त्रिकोण संक्रमण हुन मुख्य भूमिका खेल्ने बताए।

‘हावामा कोरोना फैलिरहेको भन्ने पुष्टि भइसकेको छ। हामी बस्ने कोठमा, झ्याल हावा खेल्ने हुनुपर्छ,’ डा. पौडेलले भने, ‘ हाम्रो व्यवहारबाट संक्रमण सर्ने हुन्छ। जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्न नछोडौं।’

रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा धेरै संक्रमण हुनसक्छ।

‘दीर्धरोगका मानिसलाई कोरोना भाइरसले धेरै असर गर्छ। नयाँ प्रजातिको भाइरस आएमा खोपले पनि काम नगर्ने हुन्छ। त्यसकारण, जनस्वास्थ्यको मापदण्ड अनिवार्य रूपले पालना गरौं,’ डा. पौडेल भन्छन्।’

कोभ्यास, भारत र चीनबाट खोप आउने क्रम जारी रहेकाले उमेर समूह अनुसार कोरोना विरुद्धको खोप दिने उनले जनाकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय