कोरोना पुन बढ्यो, बुधबार २९७९ संक्रमित थपिए, २८ को मृत्यु

नेपालमा पुन कोरोना संक्रमणको दर बढ्दै गएको छ।

बुधबार मात्रै २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

११ हजार ८९८ नुमना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको छ।

नेपालमा हालसम्म ३३ लाख ९१ हजार ३७९ पिसिआर र २ लाख १७ हजार ४२१ कोरोनाको नमुना परीक्षण भएको छ।

जसमध्ये पिसिआर मार्फत ६ लाख ५० हजार १६२ र एन्टिजेन मार्फत ४० हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ६ लाख ९० हजार ९७४ जनामा संक्रमित देखिसकेको छ।

बुधबार १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै निको हुनेको संख्याको ६ लाख १४ हजार ३२७ निको भएका छन्।

आज २३ हजार ७५६ सक्रिय संक्रमित भएका छन्।

जसमध्ये २ हजार ७८८ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको अनुसार ५७१ आइसियू र १६१ भेन्टिलेटरमा उपचार भइरहेको छ।

आज कोरोना संक्रमणबाट २८ जनाको निधन भएको छ। यो सँगै ९ हजार २९१ जनाको ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय