सरकारकाे कमिसन खेलले कोभिसिल्ड खोप आउन सकेन

हेल्थपोस्ट नेपाल

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले कमिसनको खेलका कारण खोप आउन नसकेको बताएका छन्।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद देवले सरकारले किनेको कोभिसिल्डको १० लाख डोज नेपालमा आउन नसक्नुको कारण कमिसनको खेल भएको बताए।

‘सरकारले किनेपछि भारतले निर्यातमा रोक लगाउनुभन्दा अघिको डेढ महिनाको अवधिमै खोप आइसक्नुपथ्र्यो, तर कमिसन एजेन्टले रोकेका कारण आएन,’ सरकार खोपमा पूर्णत असफल भएको उल्लेख गर्दै उनले भने, ‘अहिलेको सरकार कमिसन एजेन्टको घेराबन्दीमा छ।’

उनले सरकारले आफ्नो असफलतालाई लुकाउन राष्ट्रपतिलाई खोपका लागि चिठी लेखाएको भन्दै आपत्ति जनाए। ‘यो केटाकेटी कूटनीति हो, सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालय फेल भएको छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *