एक डोज मात्रै लगाए पुग्ने अमेरिकी खोप नेपाल आउँदै

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स) ले अनुदानमा उपलब्ध गराउने खोप नेपालमा आउने निश्चित भएको छ।

अमेरिकी कम्पनीले जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप आउने पक्का भएको हो।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार १५ लाख ३४ हजार ८ ५० डोज खोप अमेरिकी राष्ट्रपति जो वाइडेनले घोषणा गरे अनुरूप कोभ्याक्स सुविधामार्फत खोप आउन लागेको हो।

उक्त खोप आयात अनुमतिका लागि स्वास्थ्य मन्त्रालयले औषधी व्यवस्था विभागलाई पत्राचार गरिसकेको छ।

उक्त खोप एक डोज मात्र लगाए पुग्छ। जबकि हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका छन्।

अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ।

यस अघि राष्ट्रपति कार्यालयले अमेरिकाले ५० लाख डोज खोप दिन लागेको हल्ला फैलाएको थियो । अहिले आएर बल्ल १५ लाख ३४ हजार ८ सय ४० डोज खोप दिन निश्चित भएको हो ।

यसअघि पनि कोभ्याक्सले पहिलो चरणमा ३ लाख ४८ हजार खोप नै ‘कोभिसिल्ड’ दिएको हो।

जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ । उक्त खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *