विदेशमा अध्ययन गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने

हेल्थपोस्ट नेपाल

विदेशमा चिकित्सा शिक्षा स्नातक तह अध्ययन पूरा गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।

कोभिड–१९ का कारण अध्ययन गरेकै विश्वविद्यालयमा इन्टर्नसिप गर्न नपाएकाहरुलाई विद्यार्थीका हकमा एक पटकका लागि नेपालमा नै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेको हो।

आयोगले सार्वजनिक सूचना गर्दै स्वदेशमै इन्टर्नसिप पूरा गर्न चाहने विद्यार्थीले साउन ४ गते सम्म अनलाइन आवेदन आग्रह गरेको छ।

आवेदनमा माग गरिएका सबै कागजात समावेश हुनुपर्ने, समयमा फारम नभर्ने विद्यार्थीका लागि अर्को व्यवस्था नहुने जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *