देशभर मनसुनी वायुको प्रभाव, अझै कति दिन पर्छ पानी?

हेल्थपोस्ट नेपाल

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्मै वर्षाको सम्भावना रहेको जनाएको छ। देशभर हाल मनसुनी वायु सक्रिय रहेको जनाउँदै महाशाखाले हाल देशभर सामान्यदेखि पूर्णबदली रहेको जनाएको छ।

प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। त्यसैले उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *