एमबिबिएस दोस्रो वर्षको नतिजा सार्वजनिक, को–को उत्तीर्ण? सूचीसहित

त्रिभुवन विश्वविद्यालय इन्सिच्युट अफ मेडिसिन (आइओएम) अन्तर्गतको एमबिबिएस दोस्रो बर्षको नतिजा प्रकाशित भएको छ।

आइओएमबाट सम्बन्धन प्राप्त ८ वटा मेडिकल कलेजहरुबाट ४०७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

प्रकाशित नतिजा अनुसार महाराजगञ्ज मेडिकल क्याम्पस ५३, नेशनल मेडिकल कलेज विरगञ्ज २९, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा ५६, जानकी मेडिकल कलेज जनकपुर १८, किस्ट मेडिकल कलेज इमाडोलबाट ६८ विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै, चितवन मेडिकल कलेज भरतपुर ६१, गण्डकी मेडिकल कलेज पोखरा ४७ र नेप्लिज आर्मी इन्सिच्युट अफ हेल्थ साइन्सेस काठमाडौंबाट ७५ जना उत्तीर्ण भएका छन्।

आइओएमले प्रमाणपत्र २४ असारबाट सम्बन्धित कलेजहरुबाट मात्र उपलब्ध गराइने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय