नेपालमा ८ हजार ३१५ जना विशेषज्ञ चिकित्सक, कुन विद्याका कति छन्?(सूचीसहित)

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको सन् २०२० सम्म डिसेम्बरसम्मको तथ्यांकअनुसार नेपाल ८ हजार ३ सय १५ जना पोष्ट ग्राजुयसन (पिजी) गरेका दर्तावाला चिकित्सक भएको पाइएको छ ।

जसमध्ये ८ हजार ३ सय १५ जना चिकित्सकमध्ये ५ हजार ९ सय १८ जना पुरुष चिकित्सक रहेका छन् भने २ हजार ३ सय ९७ जना महिला चिकित्सक छन्।

मेडिकलको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा ३ हजार १ सय ५६ विशेषज्ञ चिकित्सकहरु थपिएका छन्।

जसअनुसार २०१६ सम्ममा ५ हजार १ सय ५९ विशेषज्ञ चिकित्सक दर्ता भएको थियो।

२०२० सम्म आइपुग्दा ८ हजार ३ सय १५ पुगेको छ ।

२०२० सम्म सबैभन्दा बढी इन्टरनल मेडिसिनमा विशेषज्ञ चिकित्सकहरु छन्।

इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरेका ८६८ चिकित्सकमध्ये ७७७ पुरुष र ९१ जना महिला रहेका छन्।

इन्टरनल मेडिसिनपछि एस्ब्याटक गाइनेमा ८ सय ३३ विशेषज्ञ चिकित्सक छन्।

जनरल सर्जरी (जिआई) ७६८ जनाले विशेषज्ञता हासिल गरेका चिकित्सक छन्। यस्तै, पेडियाट्रिकमा ६ सय ६९ जना विशेषज्ञ चिकित्सक काउन्सिलमा दर्ता छन्।

त्यसैगरी, अर्थाेपेडिक्समा ६५५ विशेषज्ञ चिकित्सक छन्। रेडियोलोजी एण्ड इम्याजिनमा ५ सय ४७ जना विशेषज्ञ चिकित्सक छन्। एनेस्थेसियोलोजीमा ५ सय ५३ जना विशेषज्ञ चिकित्सक छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *