स्वास्थ्य व्यवसायीको लाइसेन्स कहिले हुन्छ? यस्तो छ परिषद्को तयारी

विगत २५ वर्षदेखि हुन नसकेको स्वास्थ्य व्यवसायीको लाइसेन्स (नाम दर्ता)  परीक्षा भदौ मसान्त भित्र हुने गरी तयारी गरेको छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदका रेजिस्ट्रार पुष्पराज खनालका अनुसार परीक्षाका लागि सम्पूर्ण तयारी भइसकेको र केही दिनपछि विषय तथा तह अनुसार परीक्षा तालिका सार्वजनिक गरिने छ।

परिषद्ले यस अघि स्नातकोत्तर, स्नातक र प्रमाण पत्र तहको परीक्षा असार १९ मा परीक्षा लिने योजना बनाएको थियो। तर, कोभिड महामारीको कारण परीक्षार्थी काठमाडौं आउन नसक्ने देखिएपछि परिषदले तत्कालका लागि परीक्षा स्थगित गरेको थियो।

ललितपुरको पुल्चोक स्थित इन्जिनियरीङ क्याम्पसमा परीक्षा केन्द्र बनाउने पहल भइरहेको छ भने परीक्षा पत्र देखि अन्य तयारी सबै सम्पन्न भइसकेको बताए।

दर्ता प्रक्रियाका लागि परिषद्ले पहिलो पटक परीक्षा लिन लागेको हो। यो भन्दा अघि स्वास्थ्य व्यवसायीहरुले सजिलै दर्ता गर्न पाउँथे।

परीक्षा नै नलिई दर्ता गर्दा स्वास्थ्य सेवामा गुणस्तर खस्किएको भन्दै स्वास्थ्य व्यवसायीहरुले पटक–पटक आन्दोलन गर्दै आएका छन्।

 

One thought on “स्वास्थ्य व्यवसायीको लाइसेन्स कहिले हुन्छ? यस्तो छ परिषद्को तयारी

  1. License exam 1st year 2nd year sabai ko result aayepaxi hunxa ki 3rd ko matrai aayepaxi vaihalxa? If euta ko 3rd year ko result aayera pass vayo but tesko 1st 2nd year ko back ko result aauna baki xa vane?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय