आज २५ हजार ८२८ सक्रिय संक्रिमत, १५ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ५८५ नुमना परीक्षण गर्दा २ हजार ६३४ जनामा संक्रमण देखिएको हो।

यो सँगै नेपालमा ६ लाख ४८ हजार ८५ संक्रमित भएका छन्।

आज १ हजार ५६५ संक्रमणमुक्त भएका छन्। कुल संक्रमित मध्ये ६ लाख १२ हजार ९९४ जना निको भएका छन्।

मंगलबार २५ हजार ८२८ सक्रिय संक्रिमत छन्।

पछिल्लो विवरण अनुसार १५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ।

यो सँगै ९ हजार २६३ कोरोनाले निधन भएको छ।

आज ३३० जना क्वारेन्टाइन छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *