जब कोरोना खोप भनेर स्लाइन लगाइयो…

कोरोनाको दोस्रो लहरबाट अस्तव्यस्त भारत । झन् त्यसमाथि बढी प्रभावित मुम्बई। कोरोना कहरबाट बँच्न मानिसहरु जतिसक्दो चाँडो खोप लगाउन चाहन्छन्। तर, ठूलो जनसंख्याका कारण समयमै खोप पाउन असम्भव छ।

यही अवस्थाको फाइदा उठाउन गिरोह नै सक्रिय भएको फेला परेको छ। यस्ता गिरोहले खोप कार्यक्रमको आयोजना गर्छन्। मानिसहरुबाट पैसा उठाउँछन् र खोप लगाइदिन्छन्। तर ती खोप कोरोनाको हुँदैनन, कुनै सामान्य खालका इन्जेक्सन हुन्छन्।

कोरोना भनेर लगाइएका खोप नक्कली हुने गरेको मुम्बई प्रहरीले फेला पारेको हो। सीएनएनका अनुसार मुम्बईनजिकै खोप शिविर आयोजना गरेर २५ सय मानिसलाई नक्कली खोप लगाएको पाइएको थियो । ती मानिसलाई कोरोना खोप भनेर स्लाइन लगाइएको थियो। मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारी विशाल ठाकुरका अनुसार गिरोहले मानिसहरुबाट खोप लगाएवापत् २८ हजार डलरसमेत उठाएका थिए।

मुम्बई वरपर कम्तीमा यस्ता १२ नक्कली खोप शिविर आयोजना गरिएको पाइएका छन्। ‘हामीले डाक्टरहरुलाई पक्राउ गरेका छौं, उनीहरुले अस्पतालमार्फत् नक्कली प्रमाणपत्र, भायल र सिरिन्जसमेत प्रयोग गरिरहेका थिए।’

यस कार्यमा संलग्न रहेको अभियोगमा १४ जना मानिसलाई पक्राउ गरिएको र उनीहरुविरुद्ध ठगी, अपराधिक षडयन्त्रजस्ता अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्ता नक्कली खोप शिविर मे महिनाको अन्त्यदेखि जुनको सुरुका बीचमा सञ्चालन भएको पाइएका थिए। खोप लगाइएका प्रमाणपत्र शंकास्पद रहेको भन्दै जानकारी आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय